एकीकृत माओवादीले जनताको संघिय गणतन्त्रात्मक नेपालको संविधनको मस्यौदा सार्वजानिक गरेको छ । सनिवार गणतन्त्र दिवसको अवसरमा राजधानीमा एक सभाको आयोजना गरि उक्त संविधानको मसौदा सार्वजानिक गरेको हो ।
पाटी उपाध्यक्ष डा बावुराम भटराइ संयोजक रहि तयार परिएको मसौदा नेपाल कम्युनिष्ट पाटिका एक मात्र जिवित संस्थपक सदस्य श्री नर वहादुर कर्मचार्यले सार्वजानिक गर्नु भएको हो । उक्त मसौदाका संयोजक भटराइले आफनो पार्टिले तयार पारेको जनताको संघिय गणतन्त्रात्मक नेपालको संविधनको मस्यौदा वैज्ञानीक र व्यावाहारीक भएको वताउनु भयो । उहाँले यो संविधान सर्वसाधरण र श्रमीक नेतृत्वमा पुजी वादी जनक्रान्ती पुरा गर्ने कल्पाना गरिएको वताउनु भयो ।माओवादी आज सार्वजानिक गरेको उक्त संविधानको मसौदामा जम्मा १९ भाग र २७४ धारा को व्यावस्था गरिएको छ । जातियता भाषा र क्षेत्रीयताको आधारमा १२ वटा संघिय गणराज्यको कल्पना गरिएको छ । उक्त गण राज्यको नाम जातियता र क्षेत्रीयताको आधारमा राखिएको छ । त्यसै गरि महत्वपुण धाराको रुपमा राष्ट्रिय हितको संरक्षण र आन्तरीक संम्वन्ध सम्वन्धि व्यवास्था गरिएको छ ।
यसै विच भटराइले माओवादी र काग्रेस एमाले विच भएको सहमति कार्यन्यनहुनेमा संका व्याक्त गर्नु भयो । डा भटराइले यथास्थीति चाहने संसदवादी दलहरु समझौता लागु गर्न आलटाल गर्ने संभावना उतिकै रहेको वताउनु भयो । नेता भटाराइले हिजको संमझौता राजनितिक र अन्तराष्ट्रिय शक्ति सन्तुलन अनुशार दुवैपक्ष को जितको हुने गरि भएको वताउनु भयो । संविधान समयमा वन्न नसक्नुमा आफनो पाटिको कुनै दोष नभएको जिकिर समेत गर्नु भयो ।

