The Third Eye
कैलालीका विद्यार्थीले विश्वकप हेर्ने

धनगढी, जेष्ठ ४ - जिल्लास्तरको प्रतियोगिता पनि देख्न नपाएका कैलालीका आठ विद्यार्थीले विश्वकप फुटबल आयोजना स्थलमा गई प्रत्यक्ष हेर्ने भएका छन् । नेपालबाट यसरी विश्वकप हेर्ने उनीहरू पहिलो विद्यार्थी हुनेछन् ।

 दक्षिण अफ्रिकामा जून ११ देखि सुरु हुने विश्वकप फुटबलका दर्शक बन्ने सौभाग्यशाली यी चार छात्रा र चार छात्र कुनै सहरिया र सम्भ्रान्त परिवारका नभएर बाढीपीडित क्षेत्रका निम्नवर्गीय परिवारका हुन् । आफ्नै पहलमा त उनीहरू एउटा फुटबल पनि किन्न सक्दैन्न, तर बाढीपीडित क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी सस्था मर्सिकोर र जिल्ला फुटबल संघको पहलमा उनीहरूले विश्वकप हेर्ने अवसर पाएका छन् ।

 मर्सिकोर नेपाल र जिल्ला फुटबल संघ साझेदारीमा कैलालीको बाढीपीडित क्षेत्रमा सञ्चालन गरेको 'युवा फुटबल विकास कार्यक्रम'अन्र्तगत नेपालबाट 'युथ एम्बेसडर' मा छनोट भई विश्व फुटबल हेर्ने अवसर पाएका हुन् ।

 अवसर पाउनेमा मोहन्याल उच्व मावि भजनीका सन्तोष डगौंरा, दुर्गा मावि कुसमघाटका टंक कडायत, राष्ट्रिय माविका सिजा चौधरी, राष्ट्रिय उच्व मावि सुखडका प्रदीप मस्र्यादी, दरख मावि हरिनगरका पूजा चौधरी, सीताकुण्ड मावि रामशिखरजालाका फूलकुमारी चौधरी र पहलमानसिंह मेमोरियल माविका अनिल चौधरी छनोटमा परेका छन् ।

 विश्वकप हेर्ने अवसर पाएकी सिजा चौधरीले खुसी हुँदै भनिन्, 'जे देख्छाँै , त्यो सवै साथीलाई सुनाउनेछौँ । यो हाम्रा लागि जीवनको नयाँ अनुभव बुटल्ने अवसर पनि हुनेछ ।'

त्यस्तै अनिलले भने, 'विभिन्न स्कुलका आठजनाले विश्वकप हेर्न पाए पनि आठ स्कुलका आठ हजारभन्दा बढी साथीलाई विश्वकपको अनुभव सुनाउने छौँ,' उनले थपे, 'हामीले जिल्लास्तरको खेल देख्ने अवसर पाएका थिएनौँ । यो हाम्रा लागि ठूलो मौका हो ।'


----------------------------------------------------------------------------------------------------------------------------------

तपाईंको प्रतिकृया  
पूरा नाम *
ठेगाना *
ईमेल ठेगाना *
प्रतिकृया *
  Please Verify
क्याप्चा *
कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
 
Copyright © 2009 - 2010 The Third Eye. All rights reserved.