The Third Eye
मन्त्रीद्वारा कलाकारलाई सपथ

काठमाडौं, जेठ ७ - नेपाली फिल्मका चिरपरिचित पाँच कलाकारले बिहीबार सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलबाट सपथ ग्रहण गरे।


 
निर्देशक तुलसी घिमिरे, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता सुनिल थापा, संगीतकार शम्भुजित बास्कोटा र निर्माता राजकुमार राईले मन्त्री पोखरेलसँग सरकारी पदको सपथ भने लिएका होइनन्।

सिनेस्टार म्यागेजिनको आयोजनामा हुन लागेको बक्सअफिस फिल्म अवार्डमा निर्णायक मण्डलमा बसेर काम गर्नुअघि उनीहरूले सपथ लिएका हुन्। जेठको अन्तिम हप्ता सुरु हुने लक्ष्य राखिएको अवार्ड कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता भुवन केसी र द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी पनि छन्। भुवन ढिला आएका कारण र राजेन्द्र अनुपस्थितिका कारण सपथ खानबाट छुटे।

त्यसपछि मन्त्री पोखरेलले फिल्मको क्ल्याप बजाएर अवार्डको घोषणा गरिदिए। कार्यक्रममा आयोजकले बक्स अफिस फिल्म फुटबल कपका सहभागी १० टिमको घोषणा पनि गर्‍यो। आउँदो मंसिरमा हुने फुटबलमा फिल्म निर्देशक, फिल्म निर्माता, फिल्म कलाकार, फिल्म पत्रकार, टेलिभिजन कलाकार, फिल्म प्राविधिक, द्वन्द्वकलाकार, लोकदोहोरी कलाकार, मोडल र होचापुड्का संघले भाग लिनेछन्। सबै टिमका कप्तानलाई कार्यक्रममा सहभागिताको हस्ताक्षर गर्न लगाइयो।

गत वर्ष भएको कलाकार तथा पत्रकारबीचको फुटबलबाट उठेको रकमबाट आयोजक आरके सुवेदीले शान्ति मास्के, पवन मैनाली, चलचित्र निर्माता संघ र द्वन्द्व कलाकार संघलाई आर्थिक सहयोग प्रदान गरे।


----------------------------------------------------------------------------------------------------------------------------------

तपाईंको प्रतिकृया  
पूरा नाम *
ठेगाना *
ईमेल ठेगाना *
प्रतिकृया *
  Please Verify
क्याप्चा *
कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
 
Copyright © 2009 - 2010 The Third Eye. All rights reserved.