The Third Eye
बाग्लुङका पाठकसँग वाग्ले

आइतवार, 23 में 2010

बाग्लुङ,जेठ ८ - धौलागिरी अञ्चलमै पहिलोपटक आयोजना गरिएको शैक्षिक तथा पुस्तक प्रदर्शनीमा शनिबार 'मयुर टाइम्स'का लेखक नारायण वाग्ले प्रमुख आकर्षण रहे।

वाग्लेको अटोग्राफसहित पुस्तक खरिद गर्न पाएकामा पाठकहरू दंग थिए। वाग्लेले हस्ताक्षर गरेको करिब ६ दर्जन पुस्तक बिक्री भएको बताइएको छ। उनलाई पाठकहरूले जीवन र जगत बुझ्ने गरी खुराक पस्केको भन्दै आगामी नयाँ कृतिको बारेमा जिज्ञासा राखेका थिए। 'यसपटक संघर्षरत मोफसलका पत्रकारको पीडा पस्केको छु, आगामी दिनमा नयाँ विषयमा कलम चलाउनेछु,' वाग्लेले भने।

बाल मन्दिर प्राविमा भएको प्रदर्शनी करिब १० हजारले अवलोकन गरेको आयोजक बाग्लुङ जेसिजका अध्यक्ष सुदीप राजभण्डारीले बताए। प्रदर्शनी अवलोकन गर्न छिमेकी जिल्ला पर्वत र म्याग्दीबाट समेत विद्यार्थी आएका थिए


----------------------------------------------------------------------------------------------------------------------------------

तपाईंको प्रतिकृया  
पूरा नाम *
ठेगाना *
ईमेल ठेगाना *
प्रतिकृया *
  Please Verify
क्याप्चा *
कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
 
Copyright © 2009 - 2010 The Third Eye. All rights reserved.