The Third Eye
घरेलु कामदारको सुरक्षा माग गर्दै लेबनानमा प्रर्दशन

काठमाडौ, वैशाख २० - घरेलु महिला कामदारको सुरक्षाको माग गर्दै मध्यपूर्बी लेबनानमा नेपाली कामदारहरुले मे दिवसको अबसरमा प्रर्दशन गरेका छन् ।

लेबनानस्थित नेपालका लागि अबैतनिक दुत दिपेन्द्र उप्रेतीका अनुसार लेबनानमा घरेलु महिला कामदारले भोग्दै आएको समस्याको बिरुद्ध नेपालीहरुले नेपालको झन्डा  लिएर प्रर्दशन गरेका थिए ।

उनीहरुले महिलाहरुको सुरक्षाको ग्यारेन्टी गर्न, कार्यअबधि तोक्न, सम्झौता अनुुसार तलब दिन माग गरेका थिए । प्रर्दशनकारीलाई रोजगारदाता र प्रहरीले भने कुनै हस्तक्षेप गरेनन् । प्रर्दशनकारीहरुले आफूहरु पक्राउमा पर्ने आशंका गरेका थिए ।

लेबनानमा रहेका नेपाली कामदार मध्ये ९५ प्रतिशत घरेलु महिला कामदार कार्यरत छन् । त्यहाँ कार्यरत  घरेलु कामदारलाई स्थानीय श्रम कानुनले समेट्दैन । 'तलब नदिने, काम गर्ने निश्चित कार्यघण्टा नहुनुको साथै महिला कामदारहरुले शारीरिक, मानसिक र यौन शोषणा भोग्नुुपर्ने प्रमुख समस्या हो', उप्रेतीले भने-'हामीले यस बिरुद्ध आवाज  उठाएका छौं ।'

मानव अधिकारवादीहरुका अनुसार लेबनानमा प्रत्येक हप्ता एक जना घरेलुु महिला कामदारहरुको ज्यान गएको हुन्छ ।

असुरक्षित कार्य, आत्महत्या, घरमालिकबाट हत्या जस्ता कारणबाट हप्तामा एक जना घरेलु महिला कामदारले ज्यान गुमाउने गरेका छन् । गएको एक बर्षमा मात्रै नेपाली महिलाहरुले घरमालिकको यातना सहन नसकेर एक दर्जन भन्दा बढी महिलाहरुले आत्महत्या गरिसकेका छन् ।

लेबनानमा नेपाली महिला कामदार असुरक्षीत भएपछि सरकारले श्रम स्वीकृति दिन बन्द गरेको छ । तर यो खुुल्ने र बन्द हुने भने भइरहेको छ ।


----------------------------------------------------------------------------------------------------------------------------------

तपाईंको प्रतिकृया  
पूरा नाम *
ठेगाना *
ईमेल ठेगाना *
प्रतिकृया *
  Please Verify
क्याप्चा *
कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
 
Copyright © 2009 - 2010 The Third Eye. All rights reserved.