छोटो समयम नै लामो छलाङ लगाएकी कामुक छवीकी नायिका कैटि्रना कैफको उँचाई प्रतिदिन बढदै गएको छ । एक पछि अर्को चलचित्र सफल बन्दै गएपछि उनीसबैको आँखाको 
प्रिय बनेकी छिन ।त्यसैले होला भारतमा हालै गरिएको सर्वेक्षणमा उनी मोवाइल फोनमा सर्वाधिक डाउनलोड गरिएकी सेलेब्रेटीको सुचिमा अग्रस्थानमा रहेकी छन् । बलिउडका हस्ति शाहरुख खान, अमिर खान, अमिताभ बच्चन, सलमान खान, विपाशा बसु, पि्रयंका चोपडा, ऐश्वर्या राय मात्र होइन हलिउडका कामुक नायिका एन्जेलिना जोली मोनिका बेलुस्कीलाई समेत पछि पार्न सपल भएकी छिन ।
एमविट इन्फोटेक, भ्यालु एडेड सर्भिसले सन २०१० को अघिल्लो चार महिनामा एक लाख २० हजार सहभागिबीच गरेको सर्वेक्षणमा कैटि्रनाको तस्विरलाई सर्वाधिक मानिसले आˆनो मोवाइलमा डाउनलोड गरेका थिए । धेरै डाउनलोड गरिएका सेलेब्रेटीमा इमेनेम, लेडी गागा, म्याडोना, रिहाना र माइकल ज्याक्शन रहेका छन

