२५ असार, काठमाण्डौ । कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले आफूले राजिनामा दिएपछि पनि मुलुकको परिस्थिति नसुध्रिएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
नर्भिक अस्पतालमा शुक्रबार एमाले नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था बुझेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिंदै प्रधानमन्त्री नेपालले आफूले राजिनामा दिएर राजनीतिक गतिरोध अन्त्य हुने बताइएको भए पनि दलहरूबीच सहमति जुट्न नसकेको प्रति दुःख व्यक्त गर्नुभयो ।
शान्ति र संविधानका लागि मुख्य तीन दल तथा सबै मधेसवादी दल मिल्नुको विकल्प नभएको उहाँको भनाई थियो ।
छातीमा समस्या आएपछि एमाले नेता अधिकारीलाई विहीबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नेता अधिकारीलाई
सीसीयूमा राखी उपचार भईरहेको छ ।
उहाँको स्वास्थ्य अवस्था स्थीर रहेपनि अझै केही दिन अस्पतालमा राख्न सल्लाह चिकित्सकहरुले दिएका छन् ।
अधिकारीलाई पुरानो दमको रोग रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्
thethirdeye.com.np

