The Third Eye
माओवादीले सेना समायोजनको प्रस्ताव ल्याउने

 

२६ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीले सुरक्षा निकायमा कम्तीमा बटालियनस्तरमा जनसेनाको समुहगत समायोजनको प्रस्ताव राख्ने भएको छ । शनिवार विहान पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको पदाधिकारी बैठकले अन्तिम रुप दिएको प्रस्तावमा समायोजन हुने जनसेनाको संख्या भने तोकिएको छैन ।

‘हाम्रो प्राथमिकता डिभिजनस्तरमा समायोजन गर्ने हुन्छ, त्यो नभए बि्रगेडस्तरमा होस् भन्ने चाहान्छौं त्यो पनि नभए बटालियनस्तरमा समायोजन हुनुपर्छ,’ सचिब सीपी गजुरेलले भन्नुभयो, ‘भर्ती गर्ने मापदण्डको आधारमा व्यक्तिगत रुपमा समायोजन गर्न सकिँदैन ।’ कम्तीमा बटालियनस्तरमा समूहगत समायोजनको विकल्पमा अनमिनको प्रमाणिकरणमा परेका जनसेनाको छुट्टै सशस्त्र सुरक्षाबल गठनको प्रस्ताव राखिने गजुरेलले जानकारी दिनुभयो ।

जनसेनालाई डिभिजन, बटालियन र बि्रगेड गरी तीन भागमा बर्गिकरण गरिएको छ । एक बटालियनमा तीनसय ५० देखि ६ सय जनसेना छन् । जनसेनाको एक सय भन्दा बढी बटालियन छन् ।

पदाधिकारी बैठकले अन्तिम रुप दिएको प्रस्तावलाई अपरान्ह दुई बजे बस्ने काङ्ग्रेस र एमालेसहितको बैठकमा पेश गर्ने माओवादीले जनाएको छ । तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठकमा पेश गरिएको खाका पत्रकार सम्मेलनमार्फत् सार्बजनिक गरिने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिनुभयो । उहाँले सेना समायोजनसँगै संविधान निर्माण र शक्ति बाँडफाँडका विषयमा पनि माओवादीले पेश गर्ने खाकामा समेटिएको जानकारी दिनुभयो ।

राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्नुअघि माओवादी निःशस्त्र हुनुपर्ने काङ्ग्रेस, एमाले लगायत दलको सर्त छ । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने माओवादीले ल्याउने खाकाको आधारमा सहमतीय सरकारको विषयमा छलफल हुने जानकारी दिनुभयो ।


----------------------------------------------------------------------------------------------------------------------------------

तपाईंको प्रतिकृया  
पूरा नाम *
ठेगाना *
ईमेल ठेगाना *
प्रतिकृया *
  Please Verify
क्याप्चा *
कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
 
Copyright © 2009 - 2010 The Third Eye. All rights reserved.