The Third Eye
न्यायाधीशहरूलाई प्रदान गरेको विभूषणप्रति आपत्ति

काठमाडौं, जेष्ठ १६ - गणतन्त्र दिवसको अवसरमा राट्रपति डा. रामवरण यादवले न्यायाधीशहरूलाई प्रदान गरेको विभूषणप्रति प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले आपत्ति जनाएका छन् ! . न्यायपरिषदकोसमेत अध्यक्ष रहेका प्रधानन्यायाधीश श्रेष्ठले आफूसँग सम्पर्क, समन्वय र छलफल नै नगरी मन्त्रिपरिषदले विभूषणका लागि सिफारिस गरी बाहालवाला न्यायाधीशलाई विभूषित गरिएकोमा आफ्नो असहमति रहेकोतर्फ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ध्यानाकर्षण गराएका छन् ।   

न्याय र कानुनको क्षेत्रमा खासै योगदान पुर्‍याई नसकेका र न्याय सम्पादनको क्षेत्रमा खासै उल्लेख्य र विशिष्ट योगदान नपुर्‍याइसकेका नेपालगन्ज पुनरावेदन अदालतका न्यायाधीश रत्नबहादुर बागचन्द तथा जिल्ला न्यायाधीशहरू नीलकण्ठ उपाध्याय, नवराज उपाध्याय, श्यामप्रसाद लावती र मोहमम्द जुनेद आजादलाई सुप्रवल जनसेवा श्री (तेस्रो) पदकबाट विभूषित गरिएको प्रक्रियाप्रति आफ्नो आपत्ती रहेको प्रधानन्यायाधीशले मन्त्रिपरिषद् कार्यालयमा पठाएको पत्रमा उल्लेख गरेका छन् ।सर्वोच्च अदालतले विभूषणका लागि सिफारिस गरी पठाएका शाखा अधिकृत माधव मैनाली र चालक दुर्गाप्रसाद काफ्लेले भने सिफारिस बमोजिम क्रमशः जनसेवा श्री (चौँथो)  र जनसेवा श्री (पाँचौ) प्राप्त गरेको सहायक प्रवक्ता हेमन्त रावलले जानकारी दिए ।


----------------------------------------------------------------------------------------------------------------------------------

तपाईंको प्रतिकृया  
पूरा नाम *
ठेगाना *
ईमेल ठेगाना *
प्रतिकृया *
  Please Verify
क्याप्चा *
कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
 
Copyright © 2009 - 2010 The Third Eye. All rights reserved.